EasySIMनेपाल टेलिकम तथा Ncell ले आफ्नो ग्राहकहरुलाई सेवा सजिलै उपलब्ध गराउने उदेश्यले विभिन्न बिक्रेताहरु नियुक्ती गरे पनि सेवा सजिलै उपलब्ध गराउन न सकेको र ग्राहकहरुले अनावश्यक झन्झट तथा समस्याको सामना गर्नु परेको तितो सत्यलाई समाधान गर्न जानकी टेक्नोलोजी प्रा.लि. ले आफ्नो टेलिकम संगको सेवा विस्तार गर्दै प्रविधिको उचित प्रयोगबाट सिम कार्ड, रिचार्ज कार्ड तथा मोबाईल व्य्लानेस ट्रान्सफर सेवा (सिम र सिम बिना) Easy SIM को मार्फत उपलब्ध गराएको जानकारी गराउन चाहन्छौ.

Sparrow SMS ले आफ्नो राम्रो सेवा प्रदान गर्दै व्यपारीक संस्था तथा ग्राहकहरुको माया पाउन सफल भएको छ र Easy SIM ले पनि आफ्नो गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबध्ता संगै सबैको माया तथा  सहयोगको अपेक्षा गर्दछ.

Easy SIM मार्फत सह-बिक्रेताहरु आफ्नो अन्तर्गत बिभिन्न PoS तथा साझेदार पार्टनर नियुक्त गरेर सिम कार्ड, रिचार्ज कार्ड तथा ब्यालेन्स ट्रान्सफर सेवा उपलब्ध गराउन सक्ने छ. साथै यो सेवा मार्फत ग्राहक तथा संघ-संस्थाले पनि स्वयं आफ्नो खाता खोलेर मोबाईल रिचार्ज गर्न सकिने छ र खर्चमा बचत गर्न सक्ने छ.

Easy SIM प्रयोग गर्न प्रयोग कर्ताले वेबसाईट: http://sim.nepalxyz.com मार्फत रेजिस्टर गरी उपभोग गर्न सक्ने छ. साथै यो सेवा Android मोबाईल मार्फत पनि प्रयोग गर्नको लागि: http://android.nepalxyz.com  मार्फत प्रयोग गर्न सक्ने छ. मोबाईल मार्फत ईन्टरनेट भएको अथवा न भएको दुवै अवस्थामा यो सेवा उपभोग गर्न सकिने गरी निर्माण गरिएको छ.

Easy SIM प्रयोग बाट आफ्नो खर्चमा बचत गर्नु होस्
डाउनलोडको लागि